काठमाडौं। क्रिस्टोफर एन्कुन्कुले ह्याट्रिक गरेसँगै चेल्सीले लिग कपमा चौथो डिभिजनको बारोलाई ५–० ले हराएको छ।
चेल्सीले इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार वेस्ट ह्याममाथि ३–० को जित निकालेको टोलीमा ११ परिवर्तन गरेको थियो।
तर, मंगलबार राति स्टामर्फड ब्रिजमा एन्कुन्कुले ह्याट्रिक गर्दै चेल्सीलाई सहज जित दिलाए। १५औं मिनेटभित्र नै एकुन्कुले दुई गोल गरेका थिए। ७५औं मिनेटमा अर्को गोल गर्दै उनले ह्याट्रिक पूरा गरे। २८औं मिनेटमा चेल्सीले एक गोल उपहार पाएको थियो। ४८औं मिनेटमा पेड्रो नेटोले पनि एक गोल थपेका थिए।