काठमाडौं। दुई नेपाली राष्ट्रिय टोलीका युवा खेलाडीले दुई फरक प्रतियोगितामा सोमबार पनि खेल्दैछन्।
भुटानको थिम्पुमा नेपाली यु-१७ राष्ट्रिय टोलीले साफ च्याम्पियनसिपमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा बंगलादेशसँग १-० को हार बेहोरेको नेपाललाई सेमिफाइनल पुग्न यो खेलमा जित आवश्यक रहेको छ। श्रीलंका पनि पहिलो खेलमा घरेलु टोलीसँग ५-१ ले पराजित भएको थियो। त्यसैले श्रीलंका पनि दबाबमा हुनेछ।
यो खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ।
यु-२० टोलीले भने एएफसी एसियन कप छनोटमा घरेलु टोली चाइनिज ताइपेइसँग सामना गर्नेछ। नेपाल पहिलो खेलमा कम्बोडियासँग ४-१ ले पराजित भएको थियो। समूहचरणमा दोस्रो हुँदै चीनमा हुने एसियन कपमा छनोट हुने लक्ष्य बोकेको नेपाललाई यो खेलमा जितको विकल्प हुनेछैन।
यो खेल नेपाली समयअनसार ४:४५ बजे सुरु हुनेछ।