काठमाडौं। आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत ओमानविरुद्ध आक्रामक इनिङ्स खेलेका गुलसनकुमार झा क्यानडाविरुद्ध ३४ रन बनाएर पेभिलियन फर्किएका छन्।
३४ रन बनाउन उनले ५६ बल खेल्नुपर्यो। उनले समान दुई छक्का र चौका प्रहार गरे। उनी हर्ष ठाकेरको बलमा नमनित धालिवालबाट क्याच आउट भएका हुन्।
ओमानविरुद्ध भने उनले ३५ बल खेलेर ५३ रन बनाएका थिए। जसमा तीन चौका र पाँच छक्का समावेश थियो।