काठमाडौं। आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत क्यानडा भ्रमणबाट लामो समयपछि नेपाली राष्ट्रिय टोलीमा पुनरागमन गरे पनि आरिफ शेखले आफ्नो प्रदर्शनमा सुधार गर्न सकेका छैनन्।
ओमानविरुद्ध ३५ रन जोड्न उनले ८८ बलको सामना गरेका थिए। त्यसमा प्रहार गरेको भनेको एक चौका मात्रै हो। प्रदर्शन राम्रो नभएपनि टिकेर खेल्ने स्वभावका कारण क्यानडाविरुद्धको दोस्रो खेलमा पनि मुख्य प्रशिक्षक मोन्टी देसाईंले उनलाई मौका दिएका थिए।
तर, उनले यो मौकालाई चौकामा परिणत गर्न सकेनन्। ३३ बल खेलेका उनले बनाएको भनेको त्यही १० रन हो। उनी कलिम सानाको बलमा निकोलस कृतनबाट क्याच आउट भएका हुन्।