काठमाडौं। नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडासँगको खेलमा ओमानसँगकै प्लेइङ ११ लाई निरन्तरता दिएका छन्।
देसाईले ओपनर कुशल भुर्तेलसहित दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई लगातार दोसोपल्ट बेन्चमा राखेका हुन्। उनीहरूको स्थानमा अनिलकुमार साह, अर्जुन साउद र आरिफ शेखलाई निरन्तरता दिएका छन्।
यसअघि ओमानसँग भएको खेलमा पनि भुर्तेल, दीपेन्द्र र मल्ल टोलीमा अटाउन सकेका थिएनन्।
प्लेइङ ११
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, भीम सार्की,अनिलकुमार साह, अर्जुन साउद र आरिफ शेख, सोमपाल कामी, करण केसी, गुल्सनकुमार झा, सन्दीप लामिछाने, ललितनारायण राजवंशी