काठमाडौं । ह्यारी केनले बुन्डेसलिगामा नयाँ कीर्तिमान राख्दा बायर्न म्युनिखले भने शानदार जित निकालेको छ ।
ह्यारी केन प्रेरित बायर्नले जर्मन बुन्डेसलिगामा बेर्डन ब्रेमेनलाई ५–० ले हराएको छ ।
केन बुन्डेसलिगाको ईतिहासमा सबैभन्दा धेरै लिग गोल गर्ने पहिलो ईङ्लिस खेलाडी बनेका छन् । उनले ४१ लिग गोल गरेका छन् ।
माइकल ओलिस र जमाल मुसियालाले पहिलो हाफमै बायर्नलाई सहज अग्रता दिलाएका थिए ।
ओलिसले दोस्रो हाफका दोस्रो गोल थपेपछि केनले गोलकिपरलाई समेत छलाएर गोल गरेका थिए । सर्ज गनाब्रीले बायर्नका लागि पाँचौं गोल गरे ।
ईङ्ल्याण्डका जाडोन सान्चोले बुन्डेसलिगामा ४० औं गोल गरेका थिए । उनले बोरुसिया डर्टमण्डबाट यो इतिहास राखेका थिए । तर उनलाई ईङ्ल्याण्डका कप्तान केनले पछि पारेका छन् ।
जित सहित बायर्नले चार खेलमा शतप्रतिशत जित सहित तालिकाको शीर्ष स्थानमा आफुलाई राख्न सफल भएको छ ।