काठमाडौं। साबिक उपविजेता नेपाल साफ यु १७ च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएको छ।
भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा शनिबार भएको खेलमा पाकिस्तानसँग नेपाल १-० ले पराजित भएको हो। पाकिस्तानका लागि वैकल्पिक खेलाडी मुहम्मद तलाहले गरेको गोल नै निर्णायक बन्यो। उनले ८१औं मिनेटमा गोल गरेका थिए।
समूह बी मा नेपालले दोस्रो खेल सोमबार श्रीलंकासँग खेल्ने छ। यस्तै, बुधबार घरेलु टोली भुटानसँग खेल्ने नेपालले समूहचरणका खेल सक्काउनेछ।