काठमाडौं। पहिलो टेस्टको पहिलो इनिङ्समा बंगलादेशलाई १४९ रनमा अलआउट गर्दै भारतले २२७ रनको बलियो अग्रता लिएको छ।
बंगलादेशलाई १५० रनभन्दा कममा समेट्ने क्रममा जसप्रित बुमराहले ५० रन खर्चेर चार विकेट लिए। बलिङतर्फ भारतका मोहम्मद सिराज, आकाश दीप र रवीन्द्र जडेजाले समान २–२ विकेट लिए। बंगलादेशका लागि साकिब अल हसनले ३२ रन बनाए।
यसअघि रविचन्द्रन अश्विनको शतक र रवीन्द्र जडेजासँग १९९ रनको साझेदारीको मद्दतमा भारतीय टोली बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो दिन शुक्रबार ३७६ रनमा अलआउट भएको थियो।
६ विकेटको क्षतीमा ३३९ रनबाट दिनको सुरुआत गरेको भारतले ३७ रन जोड्दा चार विकेट गुमाएको थियो भने जडेजा ८६ रन आउट भएका थिए। अश्विनले आफ्नो इनिङ्समा थप ११ रन जोड्दै ११३ रनमा तस्किन अहमदको शिकार बने।
बंगलादेशका तीव्र गतिका बलरले दोस्रो दिन अश्विन, जडेजा र आकाश दीपसहित तीन विकेट लिएका थिए। युवा तीव्र गतिका बलर हसन महमुद बंगलादेशका सबैभन्दा सफल तीव्र गतिका बलर थिए। उनले ८३ रन खर्चेर पाँच विकेट लिए।
बंगलादेशले बिहीबार टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। बंगलादेशका कप्तान नजमुल शान्तोले टस जितेर फिल्डिङ रोजेका थिए।
भारतीय टोलीमा तीन तीव्र गतिका बलर र दुई स्पिनर छन्। तीव्र गतिका बलरहरुमा आकाश दीप, बुमराह र सिराज रहेका छन् भने अश्विन र जडेजा स्पिनरका रुपमा खेलिरहेका छन्।