धनगढी । विभागीय टोली तथा च्याम्पियन नेपाल पुलिस क्लबका मिडफिल्डर रबी पासवान तेस्रो संस्करणको नेपाल आइस सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको सर्वोकृष्ट खेलाडी चुनिएका छन् ।
प्रतियोगितामा पुलिसलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका रबी सर्वोकृष्ट खेलाडी चुनिएका हुन् । सर्वोकृष्ट खेलाडी बनेसंगै रबीले यामाहा मोटरसाइल प्राप्त गरेका छन् ।
यस्तै व्यक्तिगत विधाको उत्कृष्टमा पुलिसका खेलाडीको वर्चश्व रह्यो । व्यक्तिगत विधामा उत्कृष्ट हुनेले समान १५-१५ हजार प्राप्त गर्यो ।
व्यक्तिगत विधामा उत्कृष्ट :
उदयमान खेलाडी : भरत टमटा (सुदुरपश्चिम )
सर्वाधिक गोलकर्ता : तीर्थ राना (पुलिस)
उत्कृष्ट किपर : शत्रुघन चौधरी (पुलिस)
उत्कृष्ट डिफेन्डर :अजित भण्डारी (पुलिस)
उत्कृष्ट मिडफिल्डर : बिक्रम लामा (थ्री स्टार)
उत्कृष्ट प्रशिक्षक - अनन्त राज थापा (पुलिस)