काठमाडौं। काठमाडौं जिल्लास्तरीय नकआउट लिग फुटबल प्रतियोगितामा शान्त नेपाल समाज र चित्लाङ फुटबल क्लबले क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्।
काठमाडौं जिल्ला फुटबल संघको आयोजमा जारी प्रतियोगिताअन्तर्गत सानोगौचरण मैदानमा बिहीबार भएको पहिलो खेलमा शान्तले टिआइई फुटबल एकेडेमीविरुद्ध ५–१ को सहज जित हासिल ग¥यो। योसँगै शान्तले क्वार्टरफाइनलमा भुईँखेल एफसीसँगको भेट पक्का गरेको छ।
शान्तका लागि चिना लामा र भुपेन्द्र खड्काले समान दुई गरे। एक गोल भने अनिश तामाङको नाममा रह्यो। टिआइईकानिशान उपध्यायले गरेको गोल सान्त्वना बन्यो।
बिहीबारै सम्पन्न दोस्रो खेलमा चित्लाङले महाकाल युवा क्लबलाई ३–१ ले पाखा लगायो। चित्लाङको जितमा विकास शाही, विकाश लामा र समिर तन्दुकरले समान एक गोल गरे। महाकालका लािथ थिरराज राईले गोल फर्काएका पनि पर्याप्त बनेन।