काठमाडौं। बंगलादेशले महिला टी–२० विश्वकपका लागि छनोट गरिएको टोलीमा पाँच ठूला परिवर्तन गरेको छ । टोलीमा अनुभवी खेलाडीलाई स्थान दिइएको छ तर अलराउन्ड खेलाडी रुमाना अहमदले भने स्थान पाएकी छैनन् । शोभना मोस्तारी, रानी, फहिमा खातुन, दिशा विश्वास टोलीमा फर्किएका छन् भने अनक्याप्ड खेलाडी ताज नेहारलाई पनि समावेश गरिएको छ ।
फहिमाले महिला राष्ट्रिय क्रिकेट लिग (एनसीएल) टी–२० प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि टोलीमा अटेकी हुन्। गत वर्ष पाँच टी–२० खेलेका उनले एनसीएलमा पनि १५१.०६ को स्ट्राइक रेटमा २८४ रन बनाएकी थिइन्। उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी थिइन् ।
बंगलादेश टोलीः
निगार सुल्ताना (कप्तान), नाहिदा अख्तर, मुर्शिदा खातुन, शोर्ना अख्तर, रितु मोनी, सोबना मोस्तारी, राबेया खान, सुल्ताना खातुन, फहिमा खातुन, मारुफा अख्तर, जहाँरा आलम, दिलारा अख्तर, ताज नेहार, साथी रानी, दिशा विशा। शोभना मोस्तारी