काठमाडौं। नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानसँगको खेलमा तीन खेलाडीलाई माैका दिएका छन्।
ओमानका कप्तान अकिब इल्यासले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका छन्। देसाईले ओपनर कुशल भुर्तेलसहित दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई आराम दिएका छन्। उनीहरूको स्थानमा अनिलकुमार साह, अर्जुन साउद र आरिफ शेखले मौका पाएका छन्।
प्लेइङ ११
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, भीम सार्की,अनिलकुमार साह, अर्जुन साउद र आरिफ शेख, सोमपाल कामी, करण केसी, गुल्सनकुमार झा, सन्दीप लामिछाने, ललितनारायण राजवंशी