काठमाडौं। कर्णाली प्रदेशले एन्फा महिला लिगमा पहिलो जित हासिल गरेको छ। प्रतियोगिताकै कमजोर टोली सुदूरपश्चिम प्रदेशलाई ३-० ले पराजित गर्दै कर्णालीले जित दर्ता गरेको हो।
योसँगै कर्णालीले ६ खेलबाट चार अंक जोडेको छ। सुदूरपश्चिमले भने अहिलेसम्म अंक जोड्न सकेको छैन। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कर्णालीलाई जित दिलाउन भूमिका बूढाथोकी, गरिमा राई र वर्षा ओलीले गोल गरिन्।
२४औं मिनेटमै भूमिकाको गोलमार्फत कर्णालीले सुरुआती अग्रता लिएको थियो। तेस्रो हाफमा कर्णाली दुई मिनेटको अन्तरालमा दुई गोल थप्न सफल भयो। ६२औं मिनेटमा गरिमा र ६४औं मिनेटमा वर्षाले गोल गर्दै कर्णालीलाई जित दिलाएकी हुन्।