काठमाडौं। महिला टी–२० विश्वकपको विजेतालाई करिब १९.५ करोड भारू पुरस्कार दिइने भएको छ। यो पछिल्लो टी–२० विश्वकप जितेको रकमभन्दा झण्डै १३४ प्रतिशत बढी हो। सन् २०२३ मा भएको यस प्रतियोगिताको विजेता टोलीलाई करिब ८.५ करोड भारू प्रदान गरिएको थियो। आईसीसीले मंगलबार पुरस्कार राशिमा वृद्धि गरेको घोषणा गरेको हो।
जुन २०२३ मा, आईसीसीले कुनै पनि महिला र पुरुष प्रतियोगिताको पुरस्कार राशि समान हुने घोषणा गरेको थियो। उक्त घोषणा अनुसार यो पहिलो प्रतियोगिता हुनेछ जहाँ महिला र पुरुष टोलीका विजेतालाई समान पुरस्कार राशि दिइनेछ।
टी–२० पुरुष विश्वकपको विजेता भारतले यस वर्षको सुरुमा लगभग २०.६ करोड भारू प्राप्त गरेको थियो। महिला टी–२० विश्वकपको पुरुष र महिला प्रतियोगितामा खेलिने खेलको संख्यामा भिन्नता भएकाले रकममा थोरै फरक परेको छ र १९.५ करोड भारू पाउनेछ। पुरुष प्रतियोगितामा २० टोली थिए भने महिला प्रतियोगितामा १० टोली मात्र थिए।
सन् २०२४ को महिला टी–२० विश्वकपको उपविजेताले करिब ९.५ करोड भारू पाउनेछ। पछिल्लो महिला टी–२० विश्वकपको फाइनलमा पराजित भएको दक्षिण अफ्रिकालाई ४.५ करोड भारू दिइयो। विश्वकपको सेमिफाइनलमा हार्ने दुई टोलीले लगभग ५.६ करोड भारू कमाउनेछन्, जुन २०२३ मा दिइएको भन्दा लगभग १.७५ करोडभन्दा दोब्बर हो। साथै विश्वकपमा सहभागी हुने दश टोलीलाई करिब ९४ लाख भारू उपलब्ध गराइएको छ।