काठमाडौं। एन्फा महिला लिगको पाँचौं चरणसम्म एक जित पनि हासिल गर्न नसकेको दुई टोली हुन्, कर्णाली र सुदूरपश्चिम प्रदेश।
यिनै दुई टोली बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३:३० बजे हुने खेलमा भिड्दै छ, त्यो नि पहिलो जितको खोजिमा।
नवौं स्थानमा रहेकव कर्णालीले एक अंक जोडेको छ। त्यो एक अंक पनि चन्द्रपुर नगरपालिकासँग हात परेको हो। त्यसयता पराजित हुँदै आएको कर्णालीले चार खेलमै १७ गोल खाइसकेको छ। तर, फर्काएको भनेको एक गोलमात्रै हो।
यता, सुदूपश्चिमको हालत पनि उस्तै छ। अंक हात पार्न नसेकेको यो टोलीले पाँच खेलमा ३७ गोल खाएको छ भने तीन मात्रै फर्कार्न सकेको छ।