काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी यु-२० एसियन कप छनोट र साफ यु-१७ च्याम्पियनसिपमा सहभागिता जनाउन जाने टोलीलाई बिदाइ गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार दुवै टोलीलाई विदाइ गरिएको हो। दुवै टोलीले यही साता आआफ्नो प्रतियोगितामा सहभागिता जनाउने छन्। यु-२० एसियन कप छनोट खेल चाइनिज ताइपेइमा असोज ५ गतेदेखि हुनेछ। नेपाल समूह बी मा रहेको छ। यो समूहमा आयोजकसँगै नेपालले उज्वेकिस्तान, बहराइन र कम्बोडियासँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले शनिबार कम्बोडियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।यस्तै साफ यु-१७ भुटानमा आगामी शुक्रबारदेखि हुँदैछ। समूह बी मा आयोजकसँगै नेपालले पाकिस्तान र श्रीलंका खेल्नेछ। नेपालले समूहको पहिलो खेल शनिबार पाकिस्तानसँग खेल्नेछ।