काठमाडौं। बार्सिलोनाले सिजनको उत्कृष्ट प्रदर्शन गरिरहेको बेला नराम्रो खबर पाएको छ। त्यो हो, विंगर डानी ओल्मोलाई खुट्टामा लागेको चोट। यो चोटसँगै उनी चारदेखि पाँच हप्ता मैदान बाहिर रहने भएका छन्।
स्पेनिस लिगअन्तर्गत आइतबार क्याटलान प्रतिद्वन्द्वी जिरोनामाथि ४–१ को जित निकालेको दोस्रो हाफमा उनको दाहिने ह्यामस्ट्रिङमा चोट लागेको पुष्टि भएको क्लबले जनाएको छ।
६१औं मिनेटमा तेस्रो गोल गरेको १५ मिनेट नबित्दै उनलाई प्रतिस्थापन गर्नुपरेको थियो। स्पेनका अन्तर्राष्ट्रिय खेलाडी लाईपजिगबाट यस सिजन बार्सिलोनामा बसाइ सरेका हुन्। गरिएको उत्कृष्ट प्रदर्शन गरिरहेका उनी प्रशिक्षक हान्सी फ्लिकको लागि महत्त्वपूर्ण खेलाडी थिए।
स्पेनिस ला लिगाको पहिलो पाँच खेलमा जित निकालेको बार्सिलोनाले एट्लेटिको मड्रिड, रियल मड्रिड र भिल्लारियललाई पछि पार्दै चार अंकको अग्रता बनाएको छ ।