काठमाडौं । नेपाल थाइल्याण्ड महिला टी-ट्वान्टी स्म्यास क्रिकेटमा उपविजेता बनेको छ । शनिबार भएको फाइनलमा थाइल्याण्डसंग ७० रनले पराजित हुँदै नेपाल उपविजेतामा सिमित बनेको हो ।
बैंककमा थाइल्याण्डले दिएको १२२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल १७ ओभर २ बलमा ५१ रन जोड्दा अलआउट भयो । नेपालका लागि नेरी थापाले १७ तथा सीता राना मगरले १३ रन जोडिन । अन्य नेपाली खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्न थाइल्याण्डकी सुलिपोर्न लोमीले ३ विकेट लिईन ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १२१ रन बनाएको थियो ।
घरेलु टोलीका लागि नाथचन चनथमले सर्वाधिक ६९ रन बनाईन । उनले नटआउट रहँदै सो स्कोर बनाएकी हुन् । यस्तै, नरुमोल चवाईले २७ रनको योगदान गरिन् । चानिदा सुथिरंगले नटआउट १९ रन बनाईन् ।
योसंगै थाइल्याण्डले अपराजित रहदै उपाधि जितेको छ । नेपाल भने फाइनलमा पराजित हुँदै घर फर्किएको छ ।
समूह चरणमा अपराजित रहँदै नेपालले फाईनलमा थाईल्याण्डसंग प्रतिस्पर्धा गरेको हो ।
शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हराएको थियो । सेमिफाइनलमा थाइल्याण्डले युएईलाई हराएर नेपालसंगको भेट पक्का गरेको थियो ।