काठमाडौं। नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडासँगको खेललमा अनिलकुमार साहलाई आराम दिएका छन्।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डङ रोजेका छन्। देसाईले अनिलको स्थानमा भीम सार्कीलाई मौका दिएका हुन्। अनिल ट्वान्टी–२० टोलीमा रहँदा भीम भने अटाउन सकेका थिएनन्। उनी फागुनयता पहिलोपल्ट मैदान उत्रिन लागेका हुन्।
प्लेइङ ११
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्सनकुमार झा, सन्दीप लामिछाने, ललितनारायण राजवंशी