काठमाडौं। नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडासँग हुने खेलमा नेपालले फिल्डिङ रोजेको छ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डङ रोजेका हुन्। क्यानडाको ओन्टेरियोमा हुने खेल केही बेरपछि सुरु हुनेछ। लिग–२ मा नेपालले पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो।
उक्त सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग ९ विकेटको जित हात पारेको थियो। अन्य तीन सिरिज भने नेपालले गुमाएको थियो। ती तीनमध्ये दुई हार नामिबियासँग थियो भने एक नेदरल्यान्ड्स। त्यही हारले ६ महत्त्वपूर्ण अंक गुमाउँदा नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।
नेपाल र क्यानडाबीच यसअघि तीन एकदिवसीय खेल भएका छन्। जसमा तीन वटै खेलमा नेपालले जित हात पारेको छ। त्यो जित फ्रेबुअरीमा थियो। भ्रमणकारी टोली क्यानडालाई नेपालले सात रन, चार र ९ विकेटले पराजित गर्दै तीन खेलको एकदिवसीय सिरिज क्लिन स्वीप गरेको थियो।
नेपाल त्यही लयलाई दोहोर्याउने लक्ष्यमा हुनेछ। क्यानडासँग खेलेपछि नेपालले बुधबार ओमानसँग खेल्नेछ। त्यसको तीन दिनपछि क्यानडा र अन्तिम खेल ओमानसँग खेल्दै क्यानडा भ्रमण अन्त्य गर्नेछ।