काठमाडौं। इङ्लिस मिडफिल्डर कोनोर गालाघर र अर्जेन्टिनी स्ट्राइकर जुलियन अल्भारेजको आगमनले एट्लेटिको मड्रिडलाई उत्साहित बनाएको प्रशिक्षक डिएगो सिमोनेले आइतबार बताएका छन्।
इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट क्लबमा आबद्ध भएका गालाघेरले आइतबार भ्यालेन्सियामाथि ३–० को जित निकाल्दा ला लिगामा पहिलो गोल गरेका थिए।
सिमोनले भने, ‘उनी निकै उत्साहका साथ आएका थिए र हामीलाई मिडफिल्डमा त्यस्तो खेलाडीको खाँचो थियो। उनले हामीलाई अझ राम्रो बनाएका छन्। उनले हरेक खेलमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न छोड्दैनन्।’
अर्का नयाँ खेलाडी अल्भारेजले ९३औं मिनेटमा गोल गरेका थिए। म्यानचेस्टर सिटीबाट स्पेन पुगेका उनले पाँच खेलमा पहिलो गोल गरेका हुन्।
‘उनलाई एक गोल गर्न आवश्यक थियो। यसले उनलाई अधिक आराम हुन र मनपर्ने कुरासँग जोडिएको हुँ भनेर पनि महसुस गराउँछ,’ उनले भने।