काठमाडौं। नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बूले दिल्ली एफसीबाट आई लिग खेल्ने भएका छन्।
सञ्जालमार्फत २२ वर्षीय लाकेनलाई अनुबन्ध गरेको जानकारी दिएको हो। सिंगापुरबाट फुटबल खेल्न नेपाल आएका उनले ए डिभिजन क्लब थ्री स्टारबाट व्यवसायिक फुटबल सुरू गरेका थिए।
२०२१ देखि अघिल्लो सिजनसम्म उनी थ्री स्टारको जर्सीमा थिए। ३४ खेल खेलेका उनले थ्री स्टारका लागि तीन गोल गरिसकेका छन्।
यस्तै, उनले झापा एफसीबाट नेपाल सुपर लिग पनि खेलेका थिए। यसबाहेक मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड क्लबबाट पनि खेलेको अनुभव उनीसँग छ।
उनले अघिल्लो वर्ष फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलमार्फत नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन्। त्यसयता नेपालको जर्सीमा उनले चार खेल खेलेका छन्।