पथरी। उर्लाबारीको गोर्खाज युनाइटेड फुटबल क्लबले चाँदनी खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
शनिबार भएको फाइनल खेलमा गोर्खाजले सिद्धार्थ फुटबल क्लब लेटाङलाई २-० ले हराउँदै उपाधि हात पारेको हो। जितको लागि गोर्खाजका एकराज बुढाथोकी र जंग खडकाले गोल गरे।
बुढाथोकीले खेलको ३१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका। सिद्धार्थका गोलकिपर समीर क्षेत्री बल बचाउने क्रममा लडेपछि रिबाउन्ड भएको बल हातले रोकेपछि डिफेन्डर मन्जिल खडका रातो कार्ड पाउँदै मैदान बाहिरिए। मुख्य रेफ्री मनोज तामाङले गोर्खालाई पेनाल्टीको अवसर दिए।
पेनाल्टीमा बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाए। ६७औं मिनेटमा गोर्खाजका जंगबहादुर खड्काले वान भर्सेज वानमा गोल गरे। मन्जिल रातो कार्ड पाएर बाहिरेसँगै सिद्धार्थ दबाबमा आएपछि खेलमा गोल गर्न सकेन।
जितसँगै गोर्खाजले ३० हजार नगद प्राप्त गरेको छ। यस्तै उपविजेता बनेको सिद्धाथले १५ हजार नगद हात पार्यो। उत्कृष्ट खेल प्रदर्शन गरेका गोर्खाजका विजय दर्जीलाई म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताको वेस्ट डिफेन्डर सिद्धार्थका एकराज बुढाथोकी र वेस्ट फर्वाडमा गोर्खाजका विशाल राई, हाई स्कोररमा जाँते फुटबल क्लबका अर्बी लिम्बू, वेस्ट गोलकिपर सिद्धार्थका समीर क्षेत्री र राइजिङ प्लेयर आयोजक चाँदनी फुटबल क्लबका सचिन विष्ट घोषित भए।