काठमाडौं। इङ्लिस प्रिमियर लिगका सर्वाधिक गोलकर्ता एर्लिङ हालान्डले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २–१ ले पराजित गर्दै सिजनको उत्कृष्ट लयलाई कायम राखेको छ।
योसँग उनले चार खेलमा नौ गोल पुर्याएका छन्, जुन यस सिजन अहिलेसम्म कुनै पनि टोलीले गरेको गोलभन्दा बढी हो। सिटीको जित र शनिबार नै भएको खेलमा लिभरपुल घरेलु मैदानमा नटिंघम फरेस्टसँग १–० को हारपछि शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ।
यसै साताको सुरुमा साथीको निधनभएपछि हालान्डले खेल्ने अपेक्षा गरिएको थिएन। तर, सिटीका म्यानेजर पेप ग्वार्डिओलाले २४ वर्षीय हालान्डले शुक्रबार नै खेल्ने निर्णय गरेको बताएका छन् ।
‘यो उनको लागि कठिन हप्ता थियो। तर, उनले खेल्ने बताए,’स्पेनी प्रशिक्षकले भने। हालान्डले खेलको १९औं मिनेटमा सिटीलाई खेलमा फर्काएका थिए। ३२औं मिनेटमा अर्को गोल थप्दै २–१ को अग्रता दिलाए।
ब्रेन्टफोर्डका प्रशिक्षक थोमस फ्रान्कले भने,‘हालान्ड उत्कृष्ट स्ट्राइकर हुन्। उनले आज डिफ्लेक्सन र गल्तीका साथ थोरै सहयोग पाएका छन्।’