काठमाडौं। तेस्रो चरणसम्म कोशी प्रदेश एक्लो टोली थियो, जसले कुनै खेलमा न त बराबरी खेल्न पर्यो न हार नै बेहोर्न पर्यो। त्यसैले कोशी नौ अंक जोड्दै शीर्ष स्थानमा थियो। उसलाई तीन विभागीय टोलीले मात्रै पछाइरहेका थिए।
तर, चौथो चरणमा विभागीय टोली नेपाल पुलिस क्लबसँग ४-० ले खेल मात्रै होइन, कोशीले शीर्ष स्थान नै गुमाउन परेको छ। पहिलोपल्ट विभागीय टोलीसँग भिड्दै तीन अंक गुमाएको कोशी पुन: सोही स्थानमा फर्किने लक्ष्यमा छ। यसका लागि कोशीले शनिबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा ३:३० बजे हुनेछ।
चार खेलको समाप्तीमा कोशी नौ अंक जोड्दै चौथो स्थानमा छ, जुन शीर्ष स्थानमा रहेको एपिएफको भन्दा एक अंक कम हो। संकटाले भने जारी प्रतियोगितामा अझै लय समात्न सकेको छैन। संकटाले एक जित, तीन हार बेहोरेको छ। अंक तालिकाकफ सातौं स्थानमा रहेको संकटाले कर्णालीलाई मात्रै पराजित गर्न सकेको हो।