बारा । बाराको सिमरामा जारी १० औं संस्करणको सिमरा गोल्डकपमा शनिबार दुई 'ए' डिभिजन क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
शनिबार हुने प्रि-क्वाटरफाइनलमा सिएमजी संकटा क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह २:३० बजे सुरु हुनेछ ।
सिमरा रंगशालामा दुवै टोली सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
काठमाडौंमा सम्पन्न सहिद स्मारक 'ए' डिभिजन लिगको भेटमा सरस्वतीमाथी संकटाले १–० को जित निकालेको थियो । लिगमा संकटा क्लब दोस्रो स्थानमा रहेको थियो भने सरस्वती क्लब नवौं स्थानमा रहेको छ ।
संकटा र सरस्वतीबीचको विजेताले क्वाटरफाइनलमा रुस्लान थ्री स्टारको सामना गर्नेछ ।
नव जनजागृति क्लबको आयोजनामा भएको प्रतियोगितामा टिमको सहभागीता रहेको छ ।
प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगद सहिद ट्रफि प्राप्त गर्नेछ ।