एजेन्सी । इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक आले गुनर सोल्सायरले स्ट्राइकर रोमेरो लुकाकु टिमका महत्वपूर्ण सदस्य रहेको बताएका छन् ।
प्रशिक्षक जोसे मोरिन्हो बर्खास्तमा परेसंगै लुकाकुले पछिल्लो समय सोल्सायरको टिममा स्थान बनाउन सकिरहेका छैनन् ।तर, प्रशिक्षक सोल्सायरले लुकाकु टिमका लागि महत्वपूर्ण खेलाडी रहेको बताएका छन् ।
'लुकाकु टिमका मुख्य खेलाडी हुन,' प्रशिक्षक सोल्सायरले भनेका छन् ।
सोल्सायर आएपछि लुकाकुले लिगको ६ खेलमा ७४ मिनेट मात्र खेलेका छन् । एफए कप अन्तर्गत रिडीङविरुद्धको खेलमा भने लुकाकु सुरुवाती-११ मा परेका थिए ।
पछिल्लो समय सोल्सायरको रोजाइमा मार्कुस राष्फोर्ड, जेसे लिंगार्ड र एन्थोनी मार्सियल पर्दै आएका छन् । तर, प्रशिक्षक सोल्सायरले आफुसंग प्रयाप्त फरवार्डहरु रहेको कारण सबै फरवार्डले एकै खेलमा खेल्न नसक्ने बताए ।
'मसंग ४ स्ट्राइकर भए १ स्ट्राइकर प्रयोग गर्छु । तर, अहिले दुई स्ट्राइकर प्रयोग गरिरहेको छु,' प्रशिक्षक सोल्सायरले भने, 'अहिले मसंग ६ स्ट्राइकर छ र म ३ स्ट्राइकर मैदान पठाउछु ।'
यद्दपी, लिगमा धेरै खेल बाँकी रहेको र धेरै फरवार्ड रहेको कारण टिम सन्तुलित बनाएर अघि बढेको सबैले मौका पाउने प्रशिक्षक सोल्सायरले बताए ।
यस्तै प्रशिक्षक सोल्सायरले लुकाकुले अभ्यास उत्कृष्ट प्रदर्शन गर्ने गरेको समेत बनाए । 'लुकाकुले जति अन्य खेलाडीले अभ्यासमा गोल गर्न सक्दैनन्,' सोल्सायर भने ।