कावासोती। सातौं राइनो संरक्षण गोल्डकप कार्तिक ३ गतेदेखि सुरु हुने भएको छ।
एक सिगें गैँडा संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यसहित राइनो क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिताका सम्पूर्ण खेल नवलपुरको मध्यविन्दु २ कोल्हुवा रहेको राइनो रंगशालामा हुने छ।
एक सिगें गैँडाको संरक्षण र वन्यजन्तुको चोरी सिकार नियन्त्रणका लागि युवाहरूलाई प्रत्यक्ष सहभागी गराउने उद्देश्यले २२ वर्ष अघिदेखि प्रतियोगिता हुँदै आएको छ।
क्लबका अध्यक्ष दोमनबहादुर भण्डारीका अनुसार अघिल्लो संस्करणमा विभागीय, राष्ट्रियस्तरका क्लबसहित १२ टोली सहभागी थिए।