पथरी। प्रथम पथरीशनिश्चरे गोल्डकपमा ‘ए’ डिभिजनका क्लबसहित आठ टोलीले सहभागिता जनाउने भएका छन्।
पथरी ११ फुटबल क्लबले आयोजना गर्ने गोल्डकप असोज ५ देखि १२ सम्म आयोजना हुने तय छ। पथरीशनिश्चरेस्थित पथरी रंगशालामा हुने प्रतियोगितामा एक भारतीय क्लब पनि सहभागी हुने आयोजक पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन विकले जानकारी दिए।
गोल्डकपको तयारी धमाधम हुँदै गरिएको विकले जनाए। खेल संयोजक जितेन राईका अनुसार पाराफिट बनाउने काम थालिएको छ। करिब तीन हजार दर्शक अटाउने गरी पाराफिट निर्माण थालिएको छ। मैदान मर्मतको काम पनि धमाधम हुँदै गरेको छ।
राईकाअनुसार आयोजक पथरी ११, सिराहको सहलेस युथ क्लब, झापा ११ फुटबल क्लब,पाँचथर फुटबल क्लब, भारतको युके एफसी क्लबले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भइसकेको छ।
‘ए’ डिभिजन र विभागीय क्लबले केही दिन भित्रैमा प्रतियोगिता खेल्ने निश्चित गर्ने उनले बताए। प्रथम पथरीशनिश्चरे गोल्डकप २०८१को विजेताले ट्रफीसहित तीन लाख पाउने छन् भने उपविजेताले दुई लाख रुपैयाँमा चित्त बुझाउनेछन्।