काठमाडौं। नेपालले क्यानडामा हुने आइसिसी विश्वकप लिग २ अघि घरेलु टोलीसँग अभ्यास खेल खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले क्यानडा ११ सँग अभ्यास खेल खेल्न लागेको जानकारी दिएका हुन्। ‘हामीले लिग २ को तयारीका लागि क्यानडा ११ सँग अभ्यास खेल खेल्नेछौं,’ उनले भने।
श्रीलंका डेभल्पमेन्टसँग एक अभ्यास खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। क्यानडामा घरेलु टोली र ओमानसँग हुने लिग २ सिरिज खेल्न नेपाल मंगलबार नै त्यसतर्फ प्रस्थान गर्दैछ। यो बीचमा नेपालले ५ दिनको ब्रेक पाउने भएको कारण अभ्यास खेल खेल्न लागेको खड्काले जानकारी दिए।