काठमाडौं। नेपालले क्यानडामा हुने आइसिसी विश्वकप लिग २ लगत्तै त्रिकोणात्मक टी-२० सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मंगलबार उक्त जानकारी दिएका हुन्।
‘लिग २ खेल्ने टोलीहरूसँग सम्झौता भइसकेको छ। त्यसले हरेक लिग २ को खेलपछि त्रिकोणात्मक टी-२० सिरिज पनि खेल्नेछौं,’ उनले भने। उनका अनुसार दोस्रो सिरिज क्यानडामै हुनेछ। उक्त सिरिजमा क्यानडा र नेपालबाहेक ओमानले पनि सहभागिता जनाउनेछ।
क्यानडामा सेप्टेम्बर १६ देखि लिग २ को दोस्रो सिरिज हुनेछ। पहिलो दिन नेपालले घरेलु टोलीको सामना गर्नेछ। नेपालले दोस्रो खेल ओमानसँग खेल्नेछ।
तीन दिनको रेस्ट लिएर नेपाल पुन: घरेलु टोलीसँग खेल्न उत्रिनेछ। त्यसको दुई दिनपछि नेपालले ओमानसँग खेल्दै यो सिरिज अन्त्य गर्नेछ। त्यसपछि भने नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा सहभागिता जनाउनेछ।