काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट लिगमा आज (शनिबार) सातौं खेल खेल्दैछ ।
सिलेटमा हुने खेलमा सन्दीपको टिम सिक्सर्सले रंगपुर राइडर्ससंग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार अपरान्ह १:१५ मा सुरु हुनेछ ।
राइडर्सविरुद्ध मैदान उत्रदा सन्दीपको टिम सिक्सर्स तेस्रो जितको खोजीमा हुनेछ । सन्दीपको टिम सिक्सर्स ४ अंक जोडेर लिगको छैटौं स्थानमा छ । राइडर्स ४ अंक जोडेर पाँचौ स्थानमा छ । यसअघि पहिलो भेटमा सिक्सर्सले राइडर्सलाई २७ रनले हराएको थियो ।
बीपीएलको पाँच खेल खेलिसकेका सन्दीप राइडर्सविरुद्धको खेलमा पनि सिक्सर्सको टिममा पर्ने सम्भावना रहेको छ । सन्दीपले जारी लिगको पाँच खेलमा ४ विकेट लिईसकेका छन् ।