काठमाडौं। भुटानमा हुने साफ यु-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक सनोज श्रेष्ठले सोमबार २३ सदस्यीय टोली घोषणा गरे।
प्रतियोगिता सेप्टेम्बर २० देखि ३० सम्म हुनेछ। समूह ‘बी’ मा नेपाल र घरेलु टोली भुटानसँगै श्रीलंका र पाकिस्तान छन्। अर्काे समूहमा भारत, माल्दिभ्स र बंगलादेश छन्।
नेपालले सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
नेपाली टोली
गोलकिपरः पेम्बानुर्बु भोटे, रामबहादुर बोहरा, भक्तबहादुर परियार
रक्षकः शरण एसके, प्रशान्त मोक्तान, जीवन गुरुङ, सुजलमान घले, निशानराज लावत, भुवन कामी, एकराज विश्वकर्मा
मिडफिल्डरः कृष्णबहादुर आले, जोन विष्ट, पवन पाख्रिन, सबिनय कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बम, एलिक श्रेष्ठ, सविनकुमार लुंगेली
फरवार्डः रोहित श्रेष्ठ, सन्तोष गोङ्वा, सुजन डंगोल