काठमाडौं। ३९ वर्षको उमेरमा पनि पोर्चुगलले किन आफूलाई निरन्तरता दिइरहेका छ भन्ने कुरा क्रिस्टियानो रोनाल्डोले प्रमाणित गरिरहेका छन्।
नेसन्स लिगअन्तर्गत आइतबार राति भएको खेलमा स्कटल्यान्डमाथि २–१ को जित निकाल्दा उनै रोनाल्डोले गरेको गोलले पोर्चुगललाई जित दिलायो।
आफ्नो करियरको ६००औं खेल खेलेका फर्नान्डिजले म्यानचेस्टर युनाइटेडका रोनाल्डोबारे भने, ‘उनको प्रभाव सधैं उस्तै हुन्छ, चाहे उनले सुरुआती ११ बाट सुरु गरून् या बेन्चबाट।’
हाफ टाइममा विकल्पका रूपमा मैदान प्रवेश गरेका उनले ८८औं मिनेटमा गोल गर्दै पोर्चुगललाई जित दिलाएका हुन्। योसँगै पाँच पटकका फिफा वर्ल्ड प्लेयर अफ द इयरले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १३२ मा पुर्याएका छन्।
हालै सम्पन्न युरो कप २०२४ का पाँच खेलमा गोल गर्न नसके पनि पोर्चुगलका प्रशिक्षक रोबर्ट मार्टिनेजले रोनाल्डोलाई टोलीमा निरन्तरता दिएका थिए।
बिहीबार क्रोएसियामाथि २–१ को जित निकाल्दा रोनाल्डोले आफ्नो करियरको ९००औं गोल पूरा गरेका थिए। एक हजार गोलतर्फ अगाडि बढिरहेका उनले त्यसको तीन दिनपछि आधा खेल खेल्दा पनि प्रशिक्षक मार्टिनेजलाई निराश पारेनन्।
इन्जुरी समयमा एक दर्शक मैदानमा आएर रोनाल्डोसँग सेल्फी खिच्ने प्रयास गरे पनि सुरक्षाकर्मीले रोके। युरो कप २०२४ मा यस्तो घटना पटक–पटक भएको थियो।
स्कट म्याकटोमिनेले सातौं मिनेटमा गोल गर्दै स्कटल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए। ५४औं मिनेटमा ब्रुनो फर्नान्डेजले बराबरी गोल फर्काएका थिए। पोल्यान्डलाई १–० ले हराउँदै दोस्रो स्थानमा रहेको क्रोएसियालाई पराजित गर्दै समूह ‘ए’ को शीर्ष स्थानमा रहेको पोर्चुगलले ६ अंक जोडेको छ।
स्कटल्यान्डले दुई खेलमा हार बेहोरेको छ। स्कटल्यान्डका प्रशिक्षक स्टिभ क्लार्कले भने, ‘पक्कै पनि निराश छौं। लामो समयसम्म हामीले खेलबाट नतिजा हात पार्न सकेका छैनौं।’