काठमाडौं। युरो कप २०२४ फाइनलको हारको पीडापछि इङ्ल्यान्डले शनिबार डबलिनमा आयरल्यान्डलाई २–० ले पराजित गर्दै नयाँ युगको सुरुआत गरेको छ।
युरो कप फाइनलमा स्पेनसँग पराजित भएको करिब ५५ दिनपछि इङ्ल्यान्डले ग्यारेथ साउथगेटको बहिर्गमनपछि युइएफए नेसन्स लिग सुरु गरेको थियो। डेक्लान राइस र ज्याक ग्रेलिसले पहिलो हाफमा गोल गरेपछि अन्तरिम प्रशिक्षक ली कार्स्ले एभिभा स्टेडियममा प्रभावशाली सुरुआत गर्न सफल भए।
इङ्ल्यान्डको २१ वर्षमुनिको युरो कपको प्रशिक्षणबाट अघि बढेका कार्स्लेले खेलाडीका रूपमा आयरल्यान्डको प्रतिनिधित्व पनि गरेका थिए। ‘हामीसँग वास्तविक प्रतिभावान खेलाडी छन्। हामी क्लिन सिटबाट पनि खुसी हुन सक्छौं,’ उनले भने।
आयरल्यान्डका लागि तीन खेल खेलेका राइसले ११औं मिनेटमा इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए। ग्रिलिसले पनि यू–२१ सम्म आयरल्यान्डकै प्रतिनिधित्व गरेका थिए। उनले स्लिम चालको पासमा अग्रता दोब्बर बनाए।
ग्रिलिस साउथगेटको युरो कप २०२४ टोलीमा अटाउन सकेका थिएनन्। ‘इङ्ल्यान्डका लागि खेल्नुभन्दा राम्रो अनुभूति अरू केही हुन सक्दैन, विशेषगरी यस्ता खेलमा,’ उनले भने।