काठमाडौं। कोपा अमेरिकाको पहिलो चरणबाटै बाहिरिएको संयुक्त राज्य अमेरिका १९५७ पछि अर्थात् ६७ वर्षपछि क्यानडासँग पहिलोपल्ट घरेलु मैदानमा पराजित भएको छ।
ज्याकोब शाफेलबर्ग र जोनाथन डेभिडले गोल गरेपछि क्यानडाले शनिबार मैत्रीपूर्ण खेलमा अमेरिकालाई २–१ ले पराजित गरेको हो। १० हजार ५ सय २३ दर्शक उपस्थित रहेको चिल्ड्रेन्स मर्सी पार्कमा क्यानडाले १७औं मिनेटमा शाफेलबर्गले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए।
डेभिडले ५८औं मिनेटमा अर्को गोल थपे। यो उनको २९ औं अन्तर्राष्ट्रिय गोल हो। ६६औं मिनेटमा एडन मोरिसको पासमा लुका डे ला टोरेले गोल गरेपनि त्यो अमेरिकालाई जितको लागि पर्याप्त बन्न सकेन।