काठमाडौं । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सन्जेलले ९० को दशक क्रिकेटमा कर्णालीको समय हुने बताए ।
प्रदेश क्रिकेट संघ कर्णालीको साधारण सभामा शनिबार उनले ९० को दशकमा क्रिकेटमा कर्णालीका खेलाडीको बर्चस्व रहने गरी प्रदेश सरकारले काम गरिरहेको बताएका हुन् ।
प्रदेश सरकारले क्रिकेटलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सदस्य सचिव सन्जेलले ९० को दशकमा राष्ट्रिय टिममा कर्णालीका खेलाडीको बर्चस्व रहने दाबी गरे ।
कार्यक्रममा सदस्य सचिव सन्जेलले निर्माण सम्पन्न भएको क्रिकेट मैदान प्रदेश संघलाई हस्तान्तरण गरेका थिए ।
क्रिकेटलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले राजधानी सुर्खेतमै दुई क्रिकेट मैदान बनाएको छ । जहाँ दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रिकेट खेलाउने तयारी छ ।
यसअघि मुख्यमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आयोजना गरेर प्रदेश सरकारले मैदानको उद्घाटन गरिसकिएको छ ।
प्रदेश खेलकुद विकास परिषद्लाई आवश्यक परेको बेला जुनसुकै बेला उपलब्ध हुने गरी प्रदेश क्रिकेट संघलाई क्रिकेट मैदान प्रदेश सरकारले हस्तान्तरण गरेको हो ।