काठमाडौं। जेम्स एन्डरसन इङ्ल्यान्ड क्रिकेट टोलीको बलिङ सल्लाहकार रहिरहने भएका छन्।
एन्डरसनले यसै वर्ष जुनमा टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए। त्यसयता उनी यही भूमिकामा छन्। वेस्ट इन्डिज र श्रीलंकाविरुद्धको टेस्ट सिरिजपछि व्यवस्थापन र एन्डरसनबीच वार्ता भएको थियो। त्यसपछि एन्डरसनले न्युजिल्यान्ड र पाकिस्तानविरुद्धको सिरिजमा पनि निरन्तरता दिने निर्णय भएको हो।
यस वर्षको सुरुमा इङ्ल्यान्ड टेस्ट टोलीका प्रशिक्षक ब्रेन्डन म्याकुलम, कप्तान बेन स्टोक्स र प्रबन्ध निर्देशक रोब कीले एन्डरसनविना अगाडि बढ्ने विचार गरिरहेको बताएका थिए। यसपछि एन्डरसनले लर्ड्समा आफ्नो अन्तिम र १८८औं टेस्ट खेलेका थिए। ७०४ टेस्ट विकेट लिएर आफ्नो उत्कृष्ट टेस्ट यात्राबाट एन्डरसनले विदा लिएका हुन्।