काठमाडौं। एर्लिङ हालान्डलाई रोक्न संघर्ष गरेको कजाकिस्तानले शुक्रबार नेसन्स लिग नर्वेलाई रोक्न सफल भएको छ।
काजकिस्तानले नर्वेलाई गोलरहित बराबरीमा रोकेको हो। काजकिस्तानका डिफेन्डर ९० मिनेटसम्म हालान्डको वरिपरि झुम्मिएका थिए।
जसका कारण प्रिमियर लिगमा लगातार ह्याट्रिक गरेका स्ट्राइकर हालान्ड गोलविहीन बने। उनले खेलमा चार सट प्रहार गरेका थिए। तर, उक्त बलले जाली चुम्न सकेन।
नर्वेले ६५ प्रतिशत बल पोजिसन लिएको थियो। हालान्डले यस सिजन म्यानचेस्टर सिटीका लागि प्रिमियर लिगका तीन खेलमा सात गोल गरेका छन्।