काठमाडौं। नेसन्स लिगको पहिलो खेलमा इटालीले फ्रान्सलाई ३–१ गोलअन्तरले पराजित गरेको छ।
जियोभान्नी डि लोरेन्जोले दिएको ब्याक पासमा ब्राडली बारकोलाले पहिलो मिनेटमै गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए।
यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो। तर, ३०औं मिनेटमा सान्ड्रो टोनालीको पासमा फेडेरिको डिमार्कोले हेडरमार्फत गोल गर्दै इटालीलाई बराबरीमा ल्याए।
पहिलो हाफको पाँच मिनेटपछि डेभिड फ्रेटेसीले इटालीलाई २–१ को अग्रता दिलाए। ७४ औं मिनेटमा जियाकोमो रासपाडोरीले गोल गप्दै इटालीलाई सहज जित दिलाए।