काठमाडौं। केलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पिएसजी) को मैदानमा शुक्रबार फर्कने क्रममा आफूमाथि कस्तो व्यवहार हुन्छ भन्नेबारे कुनै चासो नभएको बताएका छन्।
सन् २०२२ को विश्वकप उपविजेता फ्रान्सले युइएफए नेसन्स लिगमा इटालीको सामना गर्दैछ। एमबाप्पे राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न आफ्नो देश फर्किएका छन्।
एमबाप्पेले पीएसजीबाट सात सिजन खेलेका थिए। उनी यसै सिजन स्पेनिस क्लब रियल मड्रिड पुगेका हुन्। ५५ मिलियन युरो (६१ मिलियन अमेरिकी डलर) बराबरको तलब विवादको बीच उनले पिएसजी छोडेका हुन्। त्यसैले उनले शुक्रबारको खेलमा शत्रुतापूर्ण भीडको सामना गर्ने सम्भावना छ।
एमबाप्पेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘म धेरै अपेक्षा गर्दिनँ, मलाई वास्ता छैन। महत्त्वपूर्ण कुरा भनेको जित्नु हो।’ एमबाप्पेले गत साता रियल बेटिसमाथि रियलको २–० को जितमा दुवै गोल गर्दै स्पेनिस लिगमा आफ्नो गोलको खडेरी अन्त्य गरेका थिए।
‘म शारीरिक र मानसिक रूपमा राम्रो महसुस गरिरहेको छु। म जहाँ छु, जे गर्छु त्यसमा म खुसी छु,’ उनले भने।
समूह ‘बी’ मा इटाली र फ्रान्ससहित बेल्जियम र इजरायल छन्। फ्रेन्च र इटालियन दुवै टोलीले युरो कप २०२४ मा लज्जास्पद प्रदर्शन गरेका थिए। इटाली अन्तिम १६ बाट बाहिरिएको थियो। एमबाप्पेको कप्तानीमा रहेको फ्रान्सले भने सेमिफाइनलसम्मको यात्रा तय गर्यो। त्यसैले शुक्रबारको खेलमा सुधारको अपेक्षा गरेका छन्।
युरो कप २०२४ को समूह चरणको पहिलो खेलमा एमबाप्पेको नाक भाँचिएको थियो। सेमिफाइनलमा उनले आफूले लगाएको भिजन–रिसेप्टिङ मास्क खोलेका थिए। तर, स्पेनसँग फ्रान्स २–१ ले पराजित भयो।
उनले आफू निराशाबाट अगाडि बढेको र आफ्नो नाक भाँचिए पनि शल्यक्रियाको आवश्यकता नरहेको बताए। ‘मैले मड्रिडमा परीक्षण गरें। मलाई शल्यक्रिया आवश्यक नभएको बताइएको छ,’ उनले भने, ‘मलाई सास फेर्न र सुत्न कुनै समस्या छैन।’