काठमाडौं। पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले युरो कप २०२४ पछि आफ्नो टोलीमाथि भइरहेको आलोचनालाई आफूले बुझेको बताएका छन्।
पोर्चुगलले बिहीबार नेसन्स लिगको पहिलो खेलमा क्रोएसियाको सामना गर्ने तयारी गरिरहेको छ। आइतबार स्कटल्यान्डसँग पोर्चुगलले घरेलु मैदानमा खेल्ने तय छ। त्यसअघि मार्टिनेजले युरोकपमा क्वार्टरफाइनलमा फ्रान्ससँग पेनाल्टी सुटआउटमा पराजित भएपनि आफ्नो टोलीले अनुभव हासिल गरेको बताए।
‘आलोचना हाम्र हिस्सा हो। तर, आन्तरिक समर्थकको बलियो छ,’ मार्टिनेजले बुधबार पत्रकार सम्मेलनमा भने, ‘हामी जहिले पनि जित्न चाहन्छौं। तर, ठूला प्रतियोगिताहरूमा विश्वका उत्कृष्ट खेलाडीहरू हुन्छन्, त्यसैले खेलहरू कठिन हुन्छ।’