काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल)को आगामी सिजनअघि राहुल द्रविड राजस्थान रोयल्सको मुख्य प्रशिक्षक बन्न सक्नेछन्।
राजस्थानका वर्तमान कप्तान सन्जु सामसनको द्रविडसँग लामो समयदेखि व्यावसायिक सम्बन्ध रहेको छ। सामसनको प्रारम्भिक करियर द्रविडको निगरानीमा सुरु भएको हो।
यद्यपि, द्रविड आफैं राजस्थानसँग लामो समयदेखि सम्बन्ध राखेका छन्। आइपिएल (२०१२ र ०१३) मा राजस्थानको कप्तानी गर्नुका साथै उनले मेन्टर (२०१४ र ०१५) को भूमिका पनि निर्वाह गरेका छन्।
यसपछि उनी २०१६ मा दिल्ली डेयरडेभिल्स (अहिले क्यापिटल्स) गए। २०१९ मा उनी बेंगलुरुमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) को प्रमुख बने। २०२१ मा उनी भारतीय टोलीको मुख्य प्रशिक्षक बने र उनको कार्यकालमा भारतीय टोलीले आइसिसी ट्रफीको खडेरी अन्त्य गरेको थियो।
राजस्थानले द्रविडका सहायक प्रशिक्षकमा विक्रम राठौरलाई पनि समावेश गर्न सक्ने बताइएको छ। राठौर यसअघि भारतीय टोलीको छनोटकर्ता थिए र एनसिएमा द्रविडको कोचिङ स्टाफको हिस्सा पनि थिए। द्रविडको भारतीय प्रशिक्षकको कार्यकालमा राठौरले भारतीय टोलीको ब्याटिङ प्रशिक्षकको भूमिका पनि निर्वाह गरेका थिए।
द्रविडले आइपिएलबाट राजस्थानको जिम्मेवारी लिने र वर्तमान क्रिकेट निर्देशक कुमार संगकाराले फ्रन्चाइजीलाई निरन्तरता दिने बताइएको छ। सन् २००८ को आइपिएलको पहिलो सिजनदेखि राजस्थानले कुनै पनि आईपीएल ट्रफी जितेको छैन। यसपछि राजस्थानको उत्कृष्ट प्रदर्शन २०२२ मा गुजरात टाइटन्ससँग फाइनल खेल्नु थियो। २०२३ मा राजस्थान प्लेअफ प्रवेश गर्न असफल भएको थियो।२०२४ मा राजस्थान दोस्रो क्वालिफायरबाट बाहिरियो।