काठमाडौं। विमला चौधरीकाे सानदार प्रदर्शनमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा विजयी सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले डेब्यु लिग खेलिरहेको संकटा फुटबल क्लबलाई ४-० ले पराजित गरेको हो। जितसँगै आर्मीले तीन अंक जोडेको छ।
१९औं मिनेटमा आर्मीले सावित्रीदेबी मगरको गोलमार्फत सुरुआती अग्रता लियो। चन्द्रा भण्डारीले दिएको बललाई सावित्रीले सिक्स यार्ड बक्सनजिकबाट जाली चुमाइन्। उल्लेख मुभ बनाएपनि आर्मीले पहिलो हाफमा गोल थिप्न सकेन। तर, ६२औं मिनेटमा विमला चौधरीले अर्को गोल थपिन्।
त्यसकाे ७१ मिनेटमा विमलाले प्रहार गरेकाे बल अनुषा थेबेलाइ लाग्दै गाेलमा परिषत भयाे। चन्द्राकै पासमा अनिता लम्जेलले ७७औं मिनेटमा टोलीको अग्रता ४-० मा पुर्याउँदै जित दिलाइन्।