काठमाडौं। घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो प्रतिद्वन्दी भुटान पाएको हो।
नेपाल र भुटान रहेको समूह ‘बी’ श्रीलंका र माल्दिभ्स पनि छन्। नेपाल र भुटानबीचको खेल अक्टोबर १८ मा हुनेछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा ५:३० बजे सुरु हुनेछ।
नेपालले दोस्रो खेल अक्टोबर २१ मा माल्दिभ्स र समूहचरणको अन्तिम खेल अक्टोबर २४ मा श्रीलंकासँग खेल्नेछ। नेपाल साबिकको उपविजेतासमेत हो।
अर्को समूहमा भने साबिक विजेता बंगलादेशसँगै भारत र पाकिस्तान छन्। पाकिस्तानले अक्टोबर १७ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। हरेक समूहमा रहेका चार टोली सेमिफाइनल प्रवेश गर्नेछन्।