काठमाडौं। इङ्लिस प्रिमियर लिग क्लब ब्राइटनका डिफेन्डर यान पल भान हेकेलाई सोमबार पहिलोपल्ट नेदरल्यान्ड्सको टोलीमा बोलाइएको छ।
टोटेनह्याम हटस्परका मिकी भान डे भेन चोटका कारण खेल्न नसक्ने भएपछि उनलाई बोस्निया र हर्जेगोभिना र जर्मनीविरुद्धको नेसन्स लिग खेलका लागि टोलीमा बोलाइएको हो।
भान डी भेनले गत साता टोटेनह्यामसँग प्रशिक्षण गरेका थिए। तर, आइतबार न्युक्यासल युनाइटेडसँग प्रिमियर लिगमा टोटेनह्या पराजित भएको खेलमा उनलाई टोलीमा समावेश गरिएको थिएन ।
एभर्टनसँगको खेलमा उनलाई घुँडामा चोट लागेको थियो। डच फुटबल संघ (केएनभीबी) ले भान डे भेन म्याच फिट नभएकाले उनको स्थानमा २४ वर्षीय भान हेकेलाई टोलीमा समावेश गरिएको जनाएको छ ।
नेदरल्यान्ड्सले शनिबार आइन्डहोभेनमा बोस्निया एन्ड हर्जेगोभिनाको सामना गर्नेछ। त्यसको तीन दिनपछिएम्स्टर्डमको जोहान क्रुइफ एरिनामा जर्मनीसँग खेल्नेछ।