काठमाडौं। म्यानचेस्टर सिटीका मिडफिल्डर इल्के गुन्डोगानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपछि जोशुआ किमिचले जर्मनीको कप्तानी जिम्मेवारी सम्हाल्ने भएका छन्।
युरो कप २०२४ मा जर्मनीका लागि पाँचै खेल खेलेका ३३ वर्षीय गुन्डोगानले क्वार्टरफाइनलमा स्पेनसँग पराजित भएपछि गत महिना ८२ क्याप खेलेर अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए।
सन् २०१६ मा जर्मनीका लागि डेब्यु गरेका २९ वर्षीय किमिचले राष्ट्रिय टोलीका लागि ९१ खेल खेलेका छन्। बुन्डेसलिगाका लागि राइट ब्याक र मिडफिल्डरका रूपमा खेलिरहेका किमिचले शनिबार डसेलडोर्फमा हुने नेसन्स लिगमा हंगेरीको सामना गर्दा जर्मनीको नेतृत्व गर्नेछन्।
रियल मड्रिडका सेन्टर ब्याक एन्टोनियो रुडिगर र आर्सनलका फरवार्ड काई हाभर्ट्जले उपकप्तानको जिम्मेवारी सम्हाल्नेछन्।
मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानले भने, ‘यी तीन खेलाडीसँग हाम्रो राम्रो मिश्रण छ।’