काठमाडौं। अल–नासरले फ्रान्सेली डिफेन्डर मोहमद सिमाकानलाई अनुबन्ध गरेको छ।
उनले बुन्डेसलिगा क्लब आरबी लाइपजिगमा तीन वर्ष बिताएका थिए। लाइपजिगले शुक्रबार उनी साउदी प्रो लिग क्लबमा अनुबन्ध भएको जानकारी दिएको हो।
सम्झौताको अवधि वा शुल्क तिरेको बारे केही खुलाएको छैन। तर, जर्मन सञ्चारमाध्यमका अनुसार यो सम्झौता ४ करोड ५० लाख युरो (४करोड ९८ लाख २० हजार अमेरिकी डलर) को रहेको बताएको छ।
सन् २०२१ मा स्ट्रासबर्गबाट पाँच वर्षे सम्झौतामा अनुबन्ध भएपछि २४ वर्षीय सिमाकानले लाइपजिगका लागि १२२ खेल खेलेका थिए ।
उनले युवास्तरमा फ्रान्सको प्रतिनिधित्व गरेका छन्।