काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट छैटौं खेलमा विकेट लिएका छन् ।
सिलेट सिक्सर्सबाट बीपीएल खेलिरहेका सन्दीपले ढाका डाइनामाइट्सविरुद्ध विकेट लिन सफल भएका छन् । सन्दीपले आफ्नो पहिलो ओभरमा विकेट लिएका हुन् । उनले पहिलो ओभरको तेस्रो बलमा रोनी तालुकदारलाई १३ रनमा बोल्ड आउट गरे ।
सन्दीपले पहिलो ओभरमा ३ रन खर्चेर १ विकेट लिन सफल भए ।
सिलेटमा जारी खेलमा सिक्सर्सले दिएको १५९ रनको लक्ष्यसहित अहिले डाइनामाइट्सले ब्याटिङ गरिरहेको छ।