काठमाडौं। अल-इत्तिहादले अजाक्स एम्स्टर्डमका विंगर स्टिभन बर्गविजनलाई अनुबन्ध गरेको छ।
सन् २०२७ को जुनसम्मका लागि साउदी प्रो लिगको टिमले २ करोड १० लाख युरो (२ करोड ३२ लाख ५० हजार अमेरिकी डलर) तिर्ने अजाक्सले जनाएको छ ।
जुलाई २०२२ मा टोटनह्यामबाट ३१.२५ मिलियन युरोमा नेदरल्यान्ड्सका अन्तर्राष्ट्रिय खेलाडी अजाक्समा पुगेका थिए। त्यतिखेर उनी इतिहासमा सबैभन्दा महँगो खेलाडी बनेका थिए।
बर्गविजनले सन् २०१५ देखि २०१८ को बीचमा पीएसभी आइन्डहोभेनसँग तीन पटक डच शीर्ष लिगको उपाधि जितेका छन्। उनले नेदरल्यान्ड्सको प्रतिनिधित्व गर्दै ३५ खेलमा आठ गोल गरेका थिए। अक्टोबर २०१८ मा नेसन्स लिगमा जर्मनीमाथि ३-० को जितमा उनले डेब्यु गरेका थिए।